पौष ५ । विश्व मै सङ्कटको सूचीमा पर्दै गएको घडियाल गोही संरक्षणमा चुनौती देखापरेको छ । उपयुक्त बासस्थानको अभाव र चोरी सिकारीका कारण संरक्षण गरी नदीमा छोडिएका गोहीको सङ्ख्यामा वृद्धि हुन सकेको छैन । गोही संरक्षणका लागि निकुञ्ज विभागले चितवनको कसरामा विसं २०३५ मा गोही प्रजनन केन्द्र खडा गरी गोहीको फुल सङ्कलन गर्ने र बर्सेनि नदीमा गोही छाड्ने गर्दै आएको छ ।
हालसम्म राप्ती, नारायणी, कालीगण्डकी, कर्णाली र बबइमा गरी ९२१ वटा गोही छोडिएको संरक्षण केन्द्र हेर्दै आउनुभएका चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले बताउनुभयो ।
छाडिएका गोहीको अवस्था बुभ्mन यस वर्ष गरिएको गणनामा १२४ वटा मात्र भेटिएको छ । बर्र्सेनि नदीका बगरबाट गोहीको फुल सङ्कलन गरी कसराको प्रजनन केन्द्रमा फुलबाट बच्चा कोरलेर नदीमा छाड्ने गरिन्छ । गोही हुर्काउन वार्षिक रु ५० लाखभन्दा बढी खर्च हुने गरेको सहायक संरक्षण अधिकृत खड्काले बताउनुभयो । हाल प्रजनन केन्द्रमा ६०० वटा गोही रहेका छन् । खड्काका अनुसार नदीमा बालुवा उत्खनन् गर्नु, चोरी सिकारी बढ्नु, नदी प्रदुषण हँुदै जानु र हिउँदको समयमा भारतीय नदीमा पुगेका गोही व्यारेजका कारण फर्कन नसक्नुले सङ्ख्यामा कमी हँुदै गएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर गोही संरक्षणका लागि विभिन्न नयाँ कार्यक्रम थालिएको बताउनुहुन्छ । विश्व मै सङ्कटको सूचीमा पर्दै गएको घडियाल गोही संरक्षणमा चुनौती देखापरेको छ । विश्वमा पाइने २१ जातका गोहीमध्ये नेपालमा मगर र घडियाल गोही पाइन्छ ।




0 comments :
Post a Comment