KHUSI KA RANGAHARU

पृष्ठभुमिः–    
मानिस प्रत्येक उपलव्धीमा खुशी चाहन्छ । त्यही खुशीका लागी मानिस बाचिरहेको हुन्छ । जीवनको उकाली र ओरालीमा खुशी चाहानेहरुको लागी तयार पारिएको रेडियो कार्यक्रम खुशीका रङहरु हो । सुन्दर जीवनका दैनिक क्रियाकलापहरुको बिषयमा छलफल गरिने यो कार्यक्रममा संगितले मानिसलाई खुशी पार्न सक्छ भन्ने बिषयमा सांगेतिक प्रमाण खोज्ने काम गरिरहेको हुन्छ । खुशीका रङहरुमा हामी दैनिक के गछौ ? के चाहान्छौ ? कसरी र  किन भन्ने बिषयमा छलफल गरेका हुन्छौ । संगितको सुमधुर यात्रासंगै जीवन उपयोगी टिप्स दिँदै बिशाल आले मगरले प्रस्तुत गरिने यो कार्यक्रममा हरेक श्रृखलामा एउटा फेसबुक बिचार पनि प्रशारणमा आउछ । देशैभरका करिब ३ दर्जन रेडियोमा प्रशारणमा आउने खुशीका रङहरु चितवनको सिराइचुली  एफ.एम. ९७.३ मेगाहर्जले उत्पादन गर्दै आइरहेको छ । यो कार्यक्रमको परिकल्पनाकार कार्यक्रम प्रस्तोता बिशाल आले मगर हुनुहुन्छ । खुशीका रङहरु फरक–फरक रेडियोमा भिन्न–भिन्न समयमा प्रशारणमा आइरहेको छ ।