पृष्ठभुमिः–
PEOPLE, MUSIC & EVENTS भन्ने नारा सहित चितवनको पूर्वी भाग जुटपानी गाविसमा सञ्चालित रेडियो सिराइचुली एफ एम हो । चितवन र यसका आसपासका जिल्लामा ९७.३ मेगाहर्जमा प्रशारणमा आएको सिराइचुली एफ एमले श्रोताहरुलाई लक्षित बिभिन्न रेडियो सामाग्री प्रशारणमा ल्याएको छ । सिराइचुली निरन्तर ग्रामिण समुदायप्रति उत्तरदायी बन्दै समुदायका लागि उपयोग हुने सुचनामुलक शैक्षिक, सामाजिक , आर्थिक, संस्कृति, सृजनात्मक र सीपमुलक कुराहरुलाई रेडियो मार्फत समुदाय समक्ष पु¥याई कार्य गर्ने लक्ष्य रहेकोछ । आज विश्वमा सुचना र संचारको छेत्रमा उल्लेखनीय चमत्कारी आविस्कारहरु भएका छन् । २१ औं शताब्दीमा यो सूचना संचारको अभुत्पूर्ब सफलताको सिंगो बिश्वलाई नै साँघुरो पारिदिएको छ । तर विज्ञानले गरेको चमत्कारी विकास मध्य सूचना र संचारको क्षेत्र विकासोन्मुख राष्ट्रले आफ्नो पहुँचलाई प्रभावकारी बनाउन नसकेको कुरा हामीले अनुभव गरेका छौ । हामी र हाम्रो समुदायलाई निरन्तर रुपमा सूचना सम्प्रेषण गर्नका लागी सिराइचुलीले हरदम प्रयत्न गर्नेछ । यो प्रयासमा तपाईहरुको सल्लाह र सुझावको अपेक्षा पनि गरेका छौ । सिराइचुली सुन्नका लागी चितवन र आसपासका श्रोताहरुले ९७.३ मेगाहर्जमा सुन्न सकिने र बिश्वको कुनै पनि कुनामा रहेर http://www.siraichulifm.com.np मार्फत सुन्न सकिने छ ।
बिज्ञापन दररेट र त्यसको विवरण:–
धन्यवाद !!




