पृष्ठभुमीः–
सञ्चारको माध्यम वाट समुदायको विकासका लागी भन्दै स्थापित भएको समुहको नाम मञ्जरी ग्रुप हो । वि.स २०७० सालमा कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौ त्रिपुरेश्वरमा दर्ता भई आफ्नो सेवा सञ्चालनमा ल्याएको मञ्जरीले छोटो समयमा धेरै किसिमका कार्यक्रमहरु सञ्चालन गदै आइरहेको छ । बिशेषत मञ्जरीले पहिले देखिनै इभेन्ट म्यानेजमेण्ट साथै मिडियाको क्षेत्रमा काम गरिरहेको छ । मञ्जरी ग्रुपको प्रस्तुतीमा पहिलो पटक चितवनमा मिस एरोमा चितवन २०१३ आयोजना भएको थियो । यो प्रोजेक्ट संगै मञ्जरीले इभेन्ट म्यानेजमेण्टको कामलाई निरन्तरता दिइरहेको छ । कला संस्कृती र सुन्दरताको लागी भन्दै मञ्जरीले आयोजना गरेको मिस एरोमा चितवन २०१३ पहिलो सस्करण हो ।
मञ्जरी ग्रुपको लगानीमा चितवनमा सिराइचुली एफ एम 97.3 MHz सञ्चालनमा आएको छ । चितवन र आसपासका जिल्ला साथै अनलाइन मार्फत बिश्वभर सुन्न सकिने सिराइचुलीले PEOPLE, MUSIC, EVENT'S नारा बोकेर जनता सामु पुगिरहेको छ । यसका साथै मञ्जरीले पाक्षिक रुपमा मञ्जरी नामनै राखेर पाक्षिक पत्रिका प्रकाशित गरिरहेको छ । साना बिषयमा बहस गर्ने मञ्जरीले अहिले सवैलाई समेटेर मञ्जरी प्रकाशनमा ल्याएको हो । पछिल्लो समयमा विश्वमा बिकास भएको इन्टरनेटको सुविधालाई सदुपयोग गदै अनलाईन YELLOW PAGE पनि मञ्जरीले सञ्चालन गरेको छ । www.manjariyellowpage.com मार्फत स्थानीय तथा राष्ट्रियस्तरमा विभिन्न ब्राण्ड तथा व्यवसाय, व्यापार र संघसंस्थाको प्रर्बद्धन गर्न सकिने यो व्यवसायले समयको बचत गुणस्तरमा सजग भन्दै यो व्यवसाय सञ्चालन गरिरहेको छ ।
मञ्जरीले विभिन्न किसिमका छोटा फिल्म तथा डकुमेन्ट्रि समेत निर्माण गरिरहेको छ । मञ्जरीले रेडियो शिर्षकमा एउटा छोटो फिल्म निर्माण गरेर यसको थालनी पनि गरिरहेको छ । समयको मागलाई ध्यानमा राख्दै मञ्जरीले समय सापेक्ष काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
धन्यवाद .........।।।


