MISS AROMA:CHITWAN

पृष्ठभुमि:-

कला सस्कृती र सुन्दरताको लागी भन्दै मञ्जरी ग्रुपले चितवनमा पहिलो पल्ट आयोजना गरेको कार्यक्रम हो मिस एरोमा चितवन, चितवनमा रहेका र चितवनका युवतीहरुमा रहेको प्रतिभालाई प्रस्फोटन गर्ने उद्देश्यले आयोजना गरिएको मिस एरोमा चितवनको पहिलो सस्करण सन २०१३ बाट सुरु भएको हो । चितवनमा रहेका युवतीहरुको प्रतिभा र सुन्दरतालाई प्रतियोगितात्मक रुपमा प्रस्तुत गरिने यो शो चितवनका युवतीहरुको जीवनको अवसरको पहिलो सोफान पनि हो । युवतीहरुमा रहेका कुनै पनि प्रतिभालाई प्राथमिकतामा राख्दै सहभागी हुन पाउने यो शोमा युवतीहरुले आफ्नो सुन्दर सपनालाई साकार पार्न सक्ने छन । चितवनमा पहिलो पल्ट आयोजना भएको यो प्रतियोगिता मिस चितवन बाट मिस एरोमा चितवनमा परिवर्तन भएको हो । सन २०१३ अगस्ट २६ मा चितवनको भरतपुरमा रहेको क्यान्सर हस्पिटलको सभाहलमा भएको अन्तिम प्रतियोगितमा मिस नेपाल २०११ मलिना जोशीको नेतृत्वमा रहेको निर्णायक टोलीले चितवनमा पहिलो पल्ट मिस एरोमा चितवन २०१३ छनोट गरेको थियो । चितवन क्षेत्रपुरकी ईशा प्रधान प्रथम मिस एरोमा चितवन  घोषित भएकी हुन । प्रतियोगितामा फस्ट रनर अपको उपाधि भरतपुरकी सिर्जना श्रेष्ठ, सेकेण्ड रनरअपको उपाधि सुजता श्रेष्ठले चुमेका थिए । शो प्रतियोगितामा १ सय ६० जनाले पहिलो चरणमा अडिसन दिएका थिए । 

मिस एरोमा चितवनका लागी आवश्यक योग्यता
शिक्षा:-  न्युनतम एसएलसी पास
उचाई:-  न्यूनतम ५ फिट
उमेर:-  १६ बर्ष देखि २६ बर्ष सम्म 

धन्यवाद ........।।।