HOME » » चितवनमा थप १५ जना एचआइभी सङ्क्रमित फेला

चितवनमा थप १५ जना एचआइभी सङ्क्रमित फेला



पौष ५ । चितवनका विभिन्न क्षेत्रमा थप १५ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । आठ दिन गाउँगाउँमा गरिएको परीक्षणबाट यी नयाँ सङ्क्रमित फेला परेको हो । 
दुई हजार १२० जनाको रक्त परीक्षण गरिएकामा १५ जनालाई एचआइभी सङ्क्रमण भएको पुष्टि भएको एचआइभीसम्बन्धी काम गर्दै आएको संस्था एएचएफका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिनुभयो । सङ्क्रमितहरूलाई समाजमा खुल्ने वातावरण निर्माण
गरी समयमै स्वास्थ्य सेवा दिने उद्देश्यले परीक्षण शिविर चलाइएको थियो ।
गएको हप्ता यहाँ आठ दिनसम्म विभिन्न गाविस र भरतपुर नगरपालिकामा परीक्षण शिविर सञ्चालन गरिएको थियो । यसअघि चितवनमा ९८१ जना एचआइभी सङ्क्रमित भेटिएकामा अब थपिएर सङ्क्रमितको सङ्ख्या ९९६ जना पुगेका छन् । 
यहाँका आठ गाविस र भरतपुर अस्पतालमा रक्त परीक्षण गरिएको थियो । गाउँगाउँमा सङ्क्रमित देखिनुले अझै मानिसहरू खुल्न नचाहेको पुष्टि भएको जानकारहरू बताउँछन् । 
यहाँ मङ्सिर अन्तिमदेखि पुसको पहिलो सातासम्म घुम्ती रक्त परीक्षण शिविर सञ्चालन गरिएको थियो । विशेष प्रकारको किटको सहायताले एचआइभीको परीक्षण गरिएको संयोजक सापकोटाले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय, भरतपुर अस्पताल र एएचएफ संस्थाको संयुक्त आयोजनामा यहाँ कार्यक्रम सञ्चालन गरिएको हो । चितवनमा अहिले करिब दुई हजारको हाराहारीमा एचआइभी सङ्क्रमितहरू रहेको अनुमान गरिएको छ ।

0 comments :

Post a Comment