HOME » » कृषी पेशालाई व्यवसायिक बनाउन सरकारले योगदान गनुपर्नेःशेषनाथ अधिकारी

कृषी पेशालाई व्यवसायिक बनाउन सरकारले योगदान गनुपर्नेःशेषनाथ अधिकारी


पौष ५ । नेपाली काग्रेशका सभाषद शेषनाथ अधिकारीले कृषी पेशालाई व्यवसायिक बनाउन सरकारले योगदान पुर्याउनुपर्ने बताउनुभएको छ । कृषी क्षेत्रमा त्यसमध्ये पनि दुग्ध उत्पादक किसानहरुलाई बिभिन्न सहुलियतका कार्यक्रम ल्याइ किसानहरुलाई सहयोग गर्न सरकारलाई आग्रह गर्ने उहांले आश्वासन दिनुभयो । रत्ननगर १ मा रहेको अमृत धारा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आज सम्पन्न २२ औ साधारण सभाका प्रमुख अतिथि रहनुभएको सभासद अधिकारीले स्वस्थ्य र फुर्तिलो हुनका लागी पूर्ण आहारको रुपमा दुध सेवन गर्नुपर्ने वताउनु भयो  ।
चितवन जिल्लालाई माछा पालन तथा पोल्ट्री व्यवसायिकको राजधानी भए जस्तै दुग्ध उत्पादकको पनि राजधानी बनाउन सकिने सहभागित किसानहरुले बताएका थिए । सस्थाको अध्यक्ष एक नारायण पौडेलको सभापतित्वमा रत्ननगर १ भक्तिनी बगैचामा सम्पन्न भएको कार्यक्रममा लेखा समितिका संयोजक कृष्णदत्त पौडेलले संस्थाका बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।रत्ननगर नगरपालिकाका लेखा अधिकृत सिताराम पोख्रेल बिशिष्ट अतिथी रहनुभएको कार्यक्रममा अपर्ण बचत तथा ऋण  सहकारी  सस्था लिमिटेडका अध्यक्ष बेद प्रसाद आचार्य ,चित्रसेन मध्यवर्ति
सामुदायिक मनहराका अध्यक्ष अशोक प्रसाद चौधरी ,जयमंगला दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष बिदुर सुवेदी ,हरिहर दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष शिवकान्त पौडेल ,पशुसेवा उपकेन्द्र रत्ननगरका कार्यालय प्रमुख इश्वरी मिश्र लगायतले बोल्नुभएको थियो ।

0 comments :

Post a Comment