HOME
»
»
विश्वकप फुटबलको ट्रफी नेपालमा
विश्वकप फुटबलको ट्रफी नेपालमा
पौष ६ । विश्वकप फुटबलको ट्रफी आज नेपाल ल्याइएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको निजी विमानबाट ट्रफी भुटान हुँदै काठमाडौं ल्याइएको हो । ट्रफी विमानस्थलबाट दशरथ रंगशालामा लगेपछि राष्ट्रपति डा रामवरण यादवले ट्रफी उचाल्ने र त्यसपछि प्रदर्शनीका लागि राख्ने तयारी छ । तर सबैले ट्रफी हेर्न या छुन भने पाउने छैनन् । नेपाली खेलाडी, सरकारका उच्च पदाधिकारी लगायत केही सिमित दर्शकले मात्रै हेर्न पाउनेछन् । ब्रााजिलमा आउँदो जुनमा हुने विश्वकप फुटबलको ट्रफी विश्वका विभिन्न शहर घुमाउने क्रममा कतार, युएई, बंगलादेश, भुटान हुँदै नेपाल ल्याइएको हो । नेपालबाट भारत, म्यानमार, थाइल्याण्ड, भियतनाम हुँदै लगिनेछ ।




0 comments :
Post a Comment