कृर्षि क्षेत्रका धैरै बिधामा हातहालेका रत्ननगर १२ का रामप्रसाद गौतमलाइ अहिले दुग्ध जन्य परिकार बिक्रिगर्न भ्याइनभ्याई छ । टाँडी चोकनजिकै रहेको गौतमदुध डेरी लेखिएको बोर्डको तल बिहान, दिउसो , साँझ एकनासै पत्रिका पढदै चिया पिउने ग्राहकको भिड देखिन्छ । आय आर्जन गर्ने कामको खोजिमा चाहार्दा चाहादै बिदेश पनि पुगेका गौतम अहिले ३० हजार बरावरको दुग्धजन्य परिकारको कारोवार गर्छन् गौतमको चिया भनेपनि नचिन्ने प्राय पुर्वि चितवनमा कमै होलान् ।प्रश्तुत छ चिया पारखिहरुका लागी नमुना बनेका रामप्रसाद गौतमसंग चितवन टुडेका लागी मञ्जरी सहकर्मीले गर्नुभएको कुराकानी :Q डेरीमा ब्यस्त हुनुहुन्छ ?
डेरीमा भन्दापनि आज भोली म महौत्सव हुने ठाउँहरुमा खुवा बनाउनमा लागेको छु । यो सिजन महोत्वको हो त्यसैले महोत्सव अवधिभर आफनै मेसिन छ लगेर खुवा बनाएर बिक्रि गर्छु । अव पर्सिबाट लेखनाथ महोत्सवका लागी जाने तयारीमा छु । बाकि समय आफनै गौतम दुध डेरीमा बिताउछु ।
Q कतिसालबाट दुध डेरी चलाउनुभयो ?
२०६२ सालबाट दुध डेरी सन्चालन गरेको हो ।
Q कसरी दुध डेरी चलाउने सोच आयो त ?
२०४८ सालमा भैरहवाबाट चितवन झरे पछि गाउँले मिलेर जीवनधारा दुग्ध उत्पादक सहकारी संस्थाको स्थापना गरीयो ।संस्थामा आवद्ध भएपछि एकपटक हेटौडामा दुध परिक्षण सम्वन्धी तालिममा सहभागी हुने मौका पाए । त्यहाँ पनिर बनाउन सिके । फर्केपछि मलाई तालीममा सिकेको कुरा ब्यवहारमा उतार्न मन लाग्यो यसो क्रृण गरेर ८ बटा गाई किने । रत्ननगरको सुब्वाचोकमा दैनिक ४० देखि ५० लिटर सम्म दुध बेचे । सहकारीमै दुध भर्ने काम पनि गरे । काम गदै गर्दा आफनो मात्रै दुध बिक्रि गरयो भन्ने आरोप लगाए अनि त्यो काम गर्न मन लागेन छोडेर तरकारी खेति तर्फ लागे । त्यसमा पनि त्यति मन लागेन २ बर्ष पछि छाडे ।त्यसपछि दिल्लीबाट जाडोका लागी जकेट ल्याएर बिक्री गर्न थाले त्यो काम पनि त्यति टिकाउ भएन ३ वर्ष जति गरेर पछि छाडे ।त्यसपछि कतार गए कतारमा ३२ महिना काम गरेर नेपाल फर्किए । अव भएन भनेर २०६२ सालमा गौतम दुध डेरी भनेर खोले अहिले सम्म यो छोडेको छैन ।
Q शुरुवातका दिनमा डेरीमा बिक्रि कस्तो थियो ?
खोलेको पहिलो दिनमै ३० लीटर दुधको चिया बेचेको अहिल्यै जस्तो लाग्छ । म निकै खुसि भए । अनि त परिवारका सबै ४ जना यसैमा लाग्यौ । म चिया बनाउने श्रीमती छोरा अर्डर आएको ठाउँमा चिया पुरयाउन जान्थे ।टाँडी वजारभरी चियाको माग बढयो ।शुरुवातमा चिया, दुध ,पनिर, दहि बिक्रि गर्ने भनेर खोलेको तर भाग्यले राम्रै साथ दियो अहिले खुवा बनाउने मेसीन लिएको छु । दैनिक ४० लिटर दुधको त खुवा मात्रै बिक्रि गर्छु ।
चिया, दुध, पनिर, ध्यु, न्यौनि, खुवा लगाएत दुधका सवै परिकार छन । मिठाई बनाउने तालीम पनि लीएर अहिले त म आफै मिठाइ पनि बनाउछु । भेज आइटम सबै पाइन्छ ।
सजिलो त के काम गर्न हुन्छर ? तर शुरुवातमै गाई पालन पनि गरेको भएर खासै गारो पनि छैन । सधै एकनासले पसलमा काम गर्न पनि सजिलो भने छैन खटाई बढि छ । बिहानै ५ बजे देखि नै पसल खुल्छ बेलुकी ९ बजे सम्म पनि ग्राहकको भिड नै हुन्छ ।Q परिवारको सहयोग कस्तो छ ?
म्ोरो परिवारले सहयोग नगरिदिएको भए सायद म यहाँसम्म आउने नै थिइन होला ।मेरो दुई छोरा मध्ये जेठो छोरा ले पुरा समय म संगै काम गर्छ १२ कक्षा पास गरेको गोकुल राम्रो काम पाइन्छ भनेर मलेसिया पनि गयो त्यहाँ भने जस्तो काम नपाएपछि १० महिना मै फर्केर पुरानै कामलाइ निरन्तरता दिइरहेका छन् । अर्डर आएको ठाउँमा चिया पुरयाउन पनि लाज मानेनौ र आज यो अवस्थामा छौ छेउमा बसेर गोकुलको आमाले भन्नुभयो ।
आफनो परिश्रम अनुसारको फल पाएपछि खुसी नै छौ सवै परिवार । ३२ महिना विदेश वस्दा नकमाएको अहिले महिनामै कमाई छ । खर्च कटाएर मासिक २ लाख रुपैया जति बच्छ ।आफनै देशमा बसेर परिवार संगै काम गरेर घरको खाना खाएर यतिको हुनु मलाई आनन्द लागेको छ ।
::::::::::::::::::::::::::::::::::::::



0 comments :
Post a Comment