HOME » » राष्ट्रिय पोलियो खोप अभियानको पहिलो चरण आज देखि

राष्ट्रिय पोलियो खोप अभियानको पहिलो चरण आज देखि

पौष ६ । राष्ट्रिय पोलियो खोप अभियानको पहिलो चरण आज देखि सुरु हुँदैछ । हिमाली क्षेत्रका सात जिल्लाबाहेक दोस्रो चरणको सो कार्यक्रम माघ ११ र १२ गते र हिमाली जिल्लामा पहिलो चरणमा आगामी चैत ८ र ९ तथा दोस्रो चरणमा २०७१ वैशाख १३ र १४ गते सञ्चालन हुँदैछ
। जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई पोलियो थोपा खुवाउने अभियानको ध्येय रहेको छ । यसका लागि मन्त्रालयअन्तर्गतको बालस्वास्थ्य महाशाखाले सबै तयारी पूरा गरेको जानकारी दिएको छ । महाशाखा प्रमुख प्रा डा सेनेन्द्रराज उप्रेतीले भन्नुभयो– “बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रमको तयारी पूरा भएको छ, नजिकको खोप केन्द्रमा बालबालिकालाई लगी पोलियो खुवाउन म आग्रह गर्दछु ।” पाँच वर्षमुनिका ४२ लाख २६ हजार ९९६ बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ । गाविस र नगरपालिकाका प्रत्येक वडामा कम्तीमा दुईवटा खोप केन्द्र सञ्चालन हुने छन् । साथै बसपार्क, इँटाभट्टा, गिटीकुट्ने स्थान, सीमा क्षेत्र र घना बस्तीमा पनि खोपटोली परिचालन हुने महाशाखाले तयारी गरेको छ ।

0 comments :

Post a Comment