HOME » » विजुलीको पोलमा सोलार बत्ती जडान

विजुलीको पोलमा सोलार बत्ती जडान




पौष ५ । रत्ननगर–१३ जयमंगलाका युवाहरुले देउसी खेलेर संकलन गरेको रकमवाट विजुलीको पोलमा सोलार बत्ती जडान गरेका छन । हाइस्कुलरोड युवा समुहमा आबद्ध वालवालिकाले देउसी खेलेर संकलन गरेको १ लाख २० हजार रुपैयावाट गाउँका १० वटा विजुलीका पोलमा १० वटै सोलार बत्ती जडान गर्न सुरु गरेका हुन । रत्ननगर–१३ अन्र्तगत राम मन्दिरचोक,शालघारीचोक र गणेशचोक क्षेत्रमा युवाहरु सोलार बत्ती जडान गरेका हुन । बढदो लोडसेडिङका कारण राती गाउनै अध्यारो भएपछि युवाहरुले देउसी खेलेर संकलन गरेको रकमवाट विजुलीको पोलमा सोलार बत्ती जडान गरेको समुहका मिलन लामाले जानकारी दिनुभयो । युवाहरुको उत्सहा देखेर रत्ननगर नगरपालिकाले पनि थप १० वटा पोलमा सोलार बत्ती जडान गरिदिने भएको छ । त्यसै स्थानीय व्यवसायी पुष्पकुमार मियाले पनि ५ वटा सोलार बत्ती जडान गरिदिने घोषणा गर्नुभएको छ ।


0 comments :

Post a Comment