HOME » » सौराहा सुनसान हुन थाल्यो

सौराहा सुनसान हुन थाल्यो

चितवन, ६ पुस । बेमौसमका कारण पर्यटकको सङ्ख्यामा निकै कमी आएपछि नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचित चितवनको सौराहा यतिबेला सुनसान बन्दै गएको छ ।

डिसेम्बर लागेस“गै पर्यटकको सङ्ख्यामा निकै कमी आएको छ । नया“ वर्षको अवसरमा झन्डै एक हप्ता आन्तरिक पर्यटक केही बढ्ने भएपनि फेब्रुअरीको मसान्तसम्म पर्यटकको सङ्ख्यामा सुधार नहुने व्यवसायी बताउ“छन् ।

क्षेत्रीय होटल संघ सौराहाका महासचिव सुमन घिमिरे हाल सौराहामा दैनिक ३०० देखि ४०० सम्ममात्र पर्यटक रहेको बताउनुहुन्छ । सौराहाका ९० होटलको क्षमता दुई हजार २०० जनाको रहेको छ । पर्यटक घटेस“गै होटल खाली छन् भने कर्मचारी तथा हात्ती पाल्नुपर्ने बाध्यतामा व्यवसायी छन् ।

फेब्रुअरीपछि चिनिया“ पर्यटक आउन थाल्ने महासचिव घिमिरे बताउनुहुन्छ । विदेशीको नयाँ वर्ष र क्रिसमसका कारण पनि पर्यटकको सङ्ख्यामा कमी आएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष नारायण भटराईले बताउनुभयो ।

आएका पर्यटकसमेत चाडबाड मनाउन भारत जाने गरेका छन् । पर्यटन व्यवसायीले सौराहा आएका पर्यटकको बसाइ लम्ब्याउन नसक्दा पनि पर्यटकको सङ्ख्यामा निकै कमी आएको उहाँले बताउनुभयो । पर्यटकको सङ्ख्यामा कमी आएपछि सौराहाका व्यवसायी पर्यटक भित्र्याउन विभिन्न कार्यक्रमको तयारीमा जुटेका छन् ।

यस वर्ष पनि पर्यटकको सङ्ख्या बढाउन र आएका पर्यटकको बसाइ बढाउन विगतका वर्षमा झँै पुस ११ देखि १५ सम्म हात्ती महोत्सवको आयोजना गरिएको क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष शंकर सैँजुले बताउनुभयो ।

बेमौसम पारेर गरिने यस्ता कार्यक्रमले सौराहाको अन्तर्राष्ट्रिय जगतसम्म प्रचार हुने र लामो समय होटल खाली नहुने व्यवसायीको भनाइ छ । रासस

0 comments :

Post a Comment