सडकमा राखिएका कपडा पसलदेखि ठूल्ठूला लत्ताकपडा पसलमा न्यानो लुगा किनमेल गर्नेको आजभोलि घुइँचो लागेको छ । विशेषगरी सस्तो भएका कारण खुद्रा तथा सडक (फुटपाथ)मा राखिएका कपडा पसल गरिब तथा विपन्न वर्गका लागि किनमेल गर्ने प्रमुख थलो बनेका छन् ।
त्यस्ता पसल न्यानो कपडा किनमेल गर्नेको भीड अत्यधिक बढेको देखिन्छ । भीडभाडले व्यवसायीको व्यापार उकासिएको छ तर पनि चर्कोरूपमा बढ्दै गएको महँगीका कारण विगतका वर्षहरू जस्तै यसपालि व्यापार भने हुन सकेको छैन ।जाडो बढेपछि अहिले न्यानो लुगा किन्न आउनेलाई लुगा देखाउन, मूल्य बताउन र रकम लिएर ग्राहक बिदा गर्न भ्याई नभ्याई भएको छ । कपडा व्यवसायीलाई विगत केही दिनयता एक्कासि बढेको जाडोेसँगै पसलमा आउने ग्राहक व्यवस्थापन गर्न हम्मेहम्मे नै पर्ने गरेको वीरगन्ज घन्टाघरस्थित कपडा पसल सञ्चालक कौशलकिशोर गुप्ताले बताउनुभयो ।
अहिले कपडा किन्न आउनेले ऊनका स्वेटर, ज्याकेट, कमिज र चोलो सिलाउन ऊन एवम् फलाटिनका कपडा रोज्ने गरेका कपडा व्यापारी बताउ“छन् । पाका उमेरका ग्राहकको रोजाइमा सुर्ती र खद्दर कपडासमेत पर्ने गरेकाले यस्ता लुगाको पनि बिक्री बढेको दाबी कपडा व्यवसायीको छ ।
ऊनका स्वेटर र ज्याकेटलगायतका न्यानो कपडाको व्यापार अहिले राम्रो छ, आदर्शनगरमा कपडा व्यवसाय गर्दै आएका विश्वनाथ साहले भन्नुभयोे, “ग्राहकको बढ्दो भीडले सेवा पु¥याउनसमेत गाह्रो परेको छ ।”
कपडा किन्ने ग्राहकको चाप बढेसँगै विभिन्न डिजाइनका न्यानो लुगाको प्रदर्शनमा अहिले व्यापारीबीच होड नै चलेको देखिएको छ । आ–आफ्नो पसल अगाडि नया“नया“ डिजाइनका जाडोका तयारी पोसाक झुन्ड्याउने कार्यमा पसलका कामदार व्यस्त देखिने गरेका छन् ।
ग्राहक ध्यानमा राखेर स्वेटर र ज्याकेट खरिदमा विशेष छुट भनेर व्यवसायीले ग्राहकलाई त्यत्तिकै आकर्षित गरिरहेका छन् ।
जाडोका कारण आदर्शनगरको एउटा पसलमा ज्याकेट किन्न लागेका वीरगन्ज रानीघाटका राजेश्वर यादवले भन्नुभयो, अघिल्लो वर्षको तुलनामा यस वर्ष हरेक सामानको मूल्यमा अत्यधिक वृद्धि भएको छ ।
खुल्ला सिमाना भएका कारण वैध तरिकाभन्दा पनि अवैध तरिकाबाट भारतीय कपडा वीरगन्जमा भित्रिने गरेको पनि छ । यस्ता भित्रिने न्यानो कपडा सस्तो भएका कारण मध्यम परिवारका उपभोक्तालाई यसले आकर्षित गर्ने गरेको दाबी कपडा व्यवसायीकोे छ ।
एक्कासि बढेको जाडोसँगै नेपाली ग्राहक रिझाउन सीमावर्ती भारतीय रक्सौल बजारका व्यापारी पनि लागिपरेका छन् । रक्सौल बजारमा नेपाली ग्राहकलाई लक्षित गरी आकर्षक उपहारसमेत राख्ने गरिएको भारतीय व्यापारीको भनाइ छ ।
रासस



0 comments :
Post a Comment