पौष १ । मापदण्ड पूरा नगरी सञ्चालन गरेका निजी अस्पताललाई बन्द गर्न दिएको निर्देशन अटेर गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले आज ती अस्पतालमा तालाबन्दी गरेको छ ।दर्ता नभएको, नवीकरण नगरेको र अन्य मापदण्ड पूरा नगरेको देखिएपछि जिल्लाका चारवटा निजी अस्पताललाई बन्द गर्न एक साताअघि जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको थियो । अस्पतालमा रहेका बिरामीलाई अवस्था हेरी अन्य अस्पतालमा पठाएर बढीमा तीन दिनभित्र अस्पताल बन्द गर्न प्रशासनले निर्दे यसैबीच,ओएसिस मेडिकल कलेज भरतपुरका सञ्चालक मनोज चौधरीको शैक्षिक योग्यताको छानबिन गर्न शैक्षिक योग्यताका प्रमाणपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटाँैडा पठाइएको छ । चौधरीको शैक्षिक योग्यतामाथि प्रश्न उठेपछि छानबिनका लागि जिल्ला प्रशासन कार्यालय चितवनले शैक्षिक प्रमाणपत्रको सक्कल र नक्कल दुवै क्षेत्रीय कार्यालय पठाएको हो ।शन दिएको थियो ।प्रशासनको निर्देशनको अवज्ञा गर्दै सञ्चालनमा रहेका भरतपुरको ओएसिस मेडिकल कलेज र एड्भान्स अस्पतालमा प्रशासनले आज तालाबन्दी गरेको हो । प्रशासन कार्यालयले दिएको निर्देशन अवज्ञा गरेर अस्पताल सञ्चालन गरेकाले बाध्य भएर आफूले अस्पतालमा तालाबन्दी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले जानकारी दिनुभयो ।ओम अस्पताल र पूर्वी चितवनको पर्सामा रहेको परोपकार अस्पताल भने प्रशासनको निर्देशनपछि बन्द भएका छन् । स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाबाट आएको टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासनका प्रतिनिधिको रोहबरमा गरेको अनुगमनका क्रममा ती अस्पतालले प्रक्रिया पूरा नगरेको पाइएपछि बन्द गर्न निर्देशन दिइएको थियो । चितवनमा एक सरकारी अस्पताल, दुई मेडिकल कलेज, एक क्यान्सर अस्पताल, एक आँखा अस्पताल र २६ वटा निजी अस्पताल सञ्चालनमा रहेका छन् ।


