HOME » » गाईमा फरक खालको खोरेत रोगको प्रकोप

गाईमा फरक खालको खोरेत रोगको प्रकोप

पौष १ । चितवनमा पालिएका गाईमा फरक खालको  खोरेत रोगको प्रकोप देखिएको छ ।चितवनको कुमरोजबाट सुरु भएको यो रोग अन्य क्षेत्रमा पनि देखिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो ।
प्रकोप बढ्दै गएकाले आइतबारबाट तीन टोली परिचालन गरेर नमुना सङ्कलन थालिएको कार्कीले बताउनुभयो । उहाँका अनुसार विशेषगरी गाई र बाच्छाबाच्छीमा मात्रै यसको सङ्क्रमण देखिएपछि परीक्षणका लागि नमुना काठमाडौँ पठाउने तयारी गरिएको छ । कुमरोजपछि खोलेसिमल र मङ्गलपुर क्षेत्रमा समेत खोरेत रोग देखिएको कार्यालयले जनाएको छ । कृषकले दर्जन बढी गाई र बाच्छाबाच्छी मरिसकेको जनाएका छन् । कुमरोजका कृषक राजन चौधरीले खोरेत लागेर मर्ने क्रम जारी रहेको बताउनुभयो । पशु कार्यालयले भने कति मरे भनेर तथ्याङ्क आइनसकेको जनाएको छ ।उहाँले नमुना राजधानीको खोरेत नियन्त्रण आयोजनामा पढाउने र आयोजनाबाट परीक्षणका लागि भारत पठाउन सक्ने बताउनुभयो ।सुरुमा ज्वरो आउने, मुख र खुट्टामा घाउ देखिने, ¥याल काढ्ने र पछि मर्ने समस्या रहेको पशु चिकित्सकले बताएका छन् ।