पौष १ । चितवनमा यस पटक धान उत्पादनमा बृद्धि भएको छ । धान खेती लगाएको क्षेत्रफल घटेपनि उत्पादनमा भने बृद्धि भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । उत्पादकत्व बढेकाले लगाएको क्षेत्र घटेपनि उत्पादन भने बढेको कार्यालयका बालि विकास अधिकृत राजन ढकालले जानकारी दिनुभयो । यो बर्ष चितवनमा कुल २९ हजार ५७५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसमा कुल १ लाख ३ हजार ५१२ मेट्रिक टन धान उत्पादन भएको कृषि विकास कार्यालय चितवनका प्राविधिक सहायक नोदनाथ लामिछानेले जानकारी दिनुभयो ।
HOME
»
»
धान उत्पादनमा बृद्धि