चितवनको भरतपुरमा जिल्लाकै सर्बाधिक राशीको टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको छ । नेपाल विद्यार्थी संघ विरेन्द्र क्याम्पस ईकाईको आयोजना तथा क्याम्पसरमा अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा भोलीदेखि शिव पौडेल स्मृति अन्तरकलेज टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको छ ।
आज भरतपुरमा पत्रकार सम्मेलन गरी आयोजकले खेलको तयारी पुरा भएको आयोजकले जनाएको छ । दुई बर्ष अघि चितवनको भरतपुर कारागारमा हत्या गरिएका तत्कालिन तरुण दल चिवतनका अध्यक्ष शिव पौडेलको स्मृतिमा खेल हुन लागिएको कार्यक्रम संयोजक अनिल अधिकारीले जानकारी दिनुभयो । पौडेलको हत्या भएको दिनको सम्झनामा पौष २ गते भोली बाट खेलको औपचारिक शुरुवात गरिने आयोजकले जनाएको छ ।


