निमकान्त पाण्डे १२ डिसेम्बर दुबईनयाँ बर्ष 2014 को अबसर पारेर चितवन समाज युएईले पिकनिक कार्यक्रमको आयोजना गर्ने भएको छ। पिकनिकबाट बचत रहेको रकम भरतपुर ११ मा स्थित (Unique Football Club - UFC ) बालबालिकाहरुको फुटबल क्लबका लागि खेलकुद सामग्री सहयोग प्रदान गर्ने लक्ष्यका साथ कार्यक्रम गर्न लागिएको समाजका कोषाध्यक्ष जगत क्षेत्रीले जानकारी दिनु भयो। बेला बखतमा युएईमा कार्यरत चितवन बासीहरुलाई एकै ठाउमा भेला पारि आपसी भेटघाट भाईचारा बढाउने उदेश्यले यस्ता किसिमका कार्यक्रमहरु चितवन समाजले गर्दै आईरहेको छ।
दुबईको अति रमणीय स्थल जाबील पार्क मा (वल्ड ट्रेडसेन्टर नजिकै) जनवरी
३ तारिक शुक्रबारका दिन गर्न गइरहेको यस बनभोज तथा नयाँ बर्षको शुभ-कामना
आदन-प्रदान कार्यक्रममा उपस्थितिको लागि सम्पूरण चितवन बासि तथा तपाई हामी
नेपाली दाजुभाई तथा दिदिबैनिहरुलाई यस समाजले हार्दिक निमन्त्रणा गरेको छ।
समाजले मातृभूमि नेपाल अनि हामी सम्पूर्ण नेपालीहरुको शुख-शान्ति,उज्वल
भविष्यको कामना गर्दै,बैदेशिक रोजगारीको यस अबसरमा अग्रेजी नयाँ बर्ष २०१४
लाई अविस्मरणीय बनाउनका लागि तपाईको गरिमामय उपस्थितिले समाजले लिएको
सहयोगको प्रयासलाई सफल हुने मनोसाय राखेको छ।


