HOME » » सुस्तः मनस्थितिका बालबालिकालाई सामग्री वितरण

सुस्तः मनस्थितिका बालबालिकालाई सामग्री वितरण


स्याङ्जा, ५ पुस । स्याङ्जाको वालिङ–१ भुम्रेमा रहेको भुम्रे ब्वाइज ग्रुप र होराइजन युथ क्लबले देउसीभैलोबाट सङ्कलन गरेको रकमबाट सोही ठाउँमा रहेको भुम्रे माध्यमिक विद्यालयमा अध्ययनरत सुस्तः मनस्थितिका बालबालिकालाई सामग्री हस्तान्तरण गरेको छ ।

देउसीभैलोबाट सङ्कलन भएको करिब १५ हजार मूल्य बराबरको रकमबाट भुम्रेमा माविको सुस्तः मनस्थिति विशेष कक्षामा अध्ययनरत बालबालिकाको प्रयोजनका लागि किचन ¥याक, सिरक चार र डस्टबिन बाल्टिन तीन थान वितरण गरिएको भुम्रे ब्वाइज ग्रुपका अध्यक्ष शङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।

सुस्तः मनस्थितिका बालबालिकाले प्रयोग गर्दै आएको भान्छा कोठालाई व्यवस्थित बनाउन किचन ¥याक तथा जाडोको समयमा उनीहरुलाई न्यानो गराउनका लागि सिरक वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । भुम्रे माविमा हाल १० जना सुस्तः मनस्थितिका बालबालिका अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक धनपति पङ्गेनीले बताउनुभयो । रासस

0 comments :

Post a Comment