HOME » » करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु


विराटनगर, ५ पुस । मोरङको इटहरामा खाद्यान्न मिलमा काम गर्ने एक युवकको करेन्ट लागी मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार मोरङको भाथिगछ–८ बस्ने १८ वर्षीय फुच्चे टुडुको इटहरा–५ स्थित आरके खाद्यान्न मिलमा काम गर्ने क्रममा करेन्ट लागेको बिहीबार साँझ घाइते भएको र उपचारका क्रममा सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।निजको शव शवपरीक्षणका लागि मङ्गलवारेस्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । रासस


0 comments :

Post a Comment