पूजारीहरुले भीमसेनलाई पसिना आएको खबर
गरेपछि स्थानीयहरुले घण्ट, शंख र नगराहरु बजाएर लगातार पूजा गरेका छन् ।
भीमसेनलाई पसिना आउँदा अनिष्ट हुने भन्दै पूजारी र स्थानीयवासीले पूजअर्चना
गरेका हुन् । आज पूजाको पालो परेका गुठियार डेविड जोशीका अनुसार दिउँसो २:
४५ बजेदेखि पसिना आएको थियो भने मूर्तिको रङ समेत फेरिएर कालो बनेको थियो ।
लगातार ३ घण्टाको पूजापछि पसिना आउन
छाडेको छ । विंसं. १९९० सालको भुकम्प र २०६२/६३ को जनआन्दोलनका बेला पनि
दोलखा भीमसेनलाई पसिना आएको थियो । राजतन्त्र हुँदा दोलखा भीमसेनलाई पसिना
आएमा राजा आफैं मन्दिरमा पुगेर पुजाअर्चना गर्ने चलन थियो ।
अहिले स्थानीय प्रशासनले दोलखा भीमसेनलाई पसिना आएकोबारे राष्ट्रपतिको कार्यालयलाई जानकारी गराएको छ ।


