जितसँगै लिभरपुल १६ खेलबाट ३३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ र लिग लिडर आर्सनलभन्दा २ अंकले मात्र पछि छ । समान अंक जोडेको चेल्सी गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ भने टोटनह्याम २७ अंकसहित सातौं स्थानमा छ ।
टोटनह्यामको घरेलु मैदान ह्वाइट हार्ट
लेनमा भएको खेलमा लिभरपुलले १८ औं मिनेटमा लुईस स्वरेजको गोलबाट अग्रता
लिएको थियो । ४० औं मिनेटमा हेण्डरसनले उत्कृष्ट भली गोल गर्दै अग्रता
दोब्बर पारे ।
दई गोलले पछि परेको टोटनह्यामले ६३ औं
मिनेटमा झट्का व्यहो¥यो । उसका पाउलिन्हो रातो कार्ड खाँदै मैदानबाट
बाहिरिए भने लिभरपुलले त्यसको फाइदा उठाउँदै करिव आधा घण्टामा तीन गोल
थप्यो ।
७५ मिनेटमा फ्लानिगनले गोल गरे भने ८४ औं
मिनेटमा स्वरेजले व्यक्तिगत दोस्रो गोल गरे । उरुग्वेका स्टार स्वरेजको यो
सिजनको १६ औ गोल हो । ८९ औं मिनेटमा स्टर्लिङले गोल गरेपछि लिभरपुल
टोटनह्यामलाई उसको घरेलु मैदानमा अहिलेसम्मको सबैभन्दा फराकिलो अन्तर ५–०
को जित निकाल्न सफल भएको छ ।
यसअघि भएको खेलमा म्यानचेष्टर युनाइटेडले
एस्टनभिल्लालाई ३–० ले पराजित गरेको थियो भने नरभीच र स्वान्सीले १–१ को
बराबरी खेलेका छन् ।


