HOME » » सुनको भाउ ५ सय बढ्यो

सुनको भाउ ५ सय बढ्यो

३० मंसिर, काठमाडौं । हप्ताको पहिलो दिन आइतबार स्थानिय बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ । आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ५३ हजार ३ सय रुपैयाँ तोकेको छ । गत शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेर कारोबार भएको थियो । आइतबार तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँ घटेर ५३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार तेजाबी सुन तोलाको ५२ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । आइतबार चाँदी तोलाका ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको थियो ।